आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने « Khabarhub

आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगमा नयाँ पदधिकारी चयन गर्नका लागि सो समिति गठन गर्न लागेको जानकारी दिए ।

दुवै आयोगमा नयाँ पदाधिकारीमा कोको व्यक्ति लैजाने भनेर समितिले चयन गर्ने मन्त्री ढकालले बताए । उनले अब न्याय दिन ढिला नहुने पनि दाबी गरे ।

समितिमा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा राष्ट्रिय आयोगका पूर्वअध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति सदस्य, द्वन्द्वपीडितबाट तीन सदस्य गरी पाँच जनाको समिति बनाउने संवैधानिक प्रावधानअनुसार सो समिति गठन गर्न लागिएको मन्त्री ढकालले जानकारी दिए।

सरकारले दुई आयोगको म्याद गत माघ २७ गते सकिएपछि आयोगको म्याद एक वर्ष थप गरी वर्तमान पदाधिकारीको म्याद आगामी चैत मसान्तसम्म रहेन गरी ऐन संशोधन गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ४४ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि