दोहोरो अंकले बड्यो शेयर बजार « Khabarhub

दोहोरो अंकले बड्यो शेयर बजार


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या आएकाे शेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ अंकले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

कूल १ सय ७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर खरिद भएकाे शेयर बजारमा साेमबार ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपैयाँकाे काराेबार भयाे ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ अंकले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ अ‌ंकले बढेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक २ करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड २ करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको १ करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीकाे १ करोड ७१ लाख ५९ हजार ९५५ रुपैयाँ बराबरकाे शेयर खरिद बिक्री भयो ।

स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.८४, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३, अपि पावर कम्पनीका शेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ५ : ०९ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण