मालपोत कार्यालयका कर्मचारीविरुद्ध ३ हजारको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

मालपोत कार्यालयका कर्मचारीविरुद्ध ३ हजारको भ्रष्टाचार मुद्दा दर्ता


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ हजार रुपैयाँ घुससहित पक्राउ परेका सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र कम्प्युटर अपरेटरविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मोही जग्गाको बाँडफाँट भइ श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) बनाइदिने बहानामा सेवाग्राहीसँग लिएको ३ हजार रुपैयाँ घुससहित नायव सुब्बा राम नारायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साह पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले नासु शर्मा र कम्प्युटर अपरेटर साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनाविरुद्ध ३ हजार रुपैयाँ बिगो र जरिवाना र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ५ : ३० बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत