मालपोत कार्यालयका कर्मचारीविरुद्ध ३ हजारको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

मालपोत कार्यालयका कर्मचारीविरुद्ध ३ हजारको भ्रष्टाचार मुद्दा दर्ता


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ हजार रुपैयाँ घुससहित पक्राउ परेका सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र कम्प्युटर अपरेटरविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मोही जग्गाको बाँडफाँट भइ श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) बनाइदिने बहानामा सेवाग्राहीसँग लिएको ३ हजार रुपैयाँ घुससहित नायव सुब्बा राम नारायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साह पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले नासु शर्मा र कम्प्युटर अपरेटर साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनाविरुद्ध ३ हजार रुपैयाँ बिगो र जरिवाना र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ५ : ३० बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा