अल्जेरियाली राष्ट्रपतिको उम्मेदवारी घोषणासँगै न्यायाधीश आन्दोलित « Khabarhub

अल्जेरियाली राष्ट्रपतिको उम्मेदवारी घोषणासँगै न्यायाधीश आन्दोलित


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– अल्जेरियामा १ हजारभन्दा धेरै न्यायाधीशहरुले राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले आगामी राष्ट्रपतीय निर्वाचनमा दिएको उम्मेद्वारीलाई कायमै राखे आफूहरुले चुनावमा हुने मतदानको पर्यवेक्षण नगर्ने चेतावनी दिएका छन् ।

न्यायाधीशहरुले विज्ञप्ति जारी गर्दै बोटेफ्किाले आफ्नो उम्मेद्वारी फिर्ता नलिए आफूहरुले चुनावको पर्यवेक्षण नगर्ने चेतावनी दिएका हुन् । उनीहरुले अब न्यायाधीशहरुको नयाँ संघको गठन गर्ने समेत जनाएका छन् ।

सन् १९९९ देखि अल्जेरियाको सत्तामा रहेका बोटेफ्लिकाले राष्ट्रपतिको पाचौँ कार्यकालका लागि आगामी निर्वाचनमा समेत उम्मेद्वारी दिने घोषणा गरेका थिए । उनको घोषणापछि मुलुकभर उनको सत्ताविरुद्ध प्रदर्शन बढ्दै गएको छ । अल्जेरियामा आगामी महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी ह्विलचियरको माध्यमबाट हिँडडुल गर्दै आएका छन् । लामो समयदेखि युरोपमा स्वास्थ्य उपचारमा रहेका बोटेफ्लिका स्वास्थ्य उपचारपछि आइतबार मात्रै स्विट्जरल्याण्डबाट स्वदेश फर्केका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : १८ बजे

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप