घरजस्तै खेलमैदान : स्क्वासमा बाबुछोरी, टेनिसमा आमाछोरी « Khabarhub

घरजस्तै खेलमैदान : स्क्वासमा बाबुछोरी, टेनिसमा आमाछोरी


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले सरकारी चिकित्सक काममा र्फकएको समाचार पहिलो पृष्ठमा छापेको छ । आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका उनीहरुको धर्नामा प्रहरी हस्तक्षेप बढेपछि बुधबारबाट उनीहरू पछि हटेका हुन् ।

सरकारले बुधबार बिहान चिकित्सकको धर्नामा सुरक्षाकर्मी परिचालन गरी वीर अस्पतालको बहिरंग विभाग (ओपीडी) खुलाएको थियो ।

त्यसैगरी पत्रिकाले अन्ततः खचियो ‘ब्ल्याकहोल’ शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा लेखिएको छ- अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरीछ, जसले जे भेट्टायो त्यही निलिदिन्छ । अध्यताहरु भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ ।

त्यो भुमरी अर्थात ‘ब्ल्याक होल’बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन बैज्ञानिक सफल भएको जनाइएको छ ।

त्यस्तै ‘हस्तक्षेप बढ्यो’ शीर्षकमा पत्रिकाले सुरक्षा नीतिको विषयको समाचार पनि समाचार पहिलो पृष्ठमा छापेको छ ।

सरकारले आन्तरिक मामिलामा बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको छ । यस्ता गतिविधि मुलुकको सार्वभौमिकता र स्वतन्त्रताका चुनौती एवं खतरा रहेको  विश्लेषण छ । तिनको नियन्त्रणका लागि सरकारले राष्ट्रिय सुरक्षा मजबुत बनाउने र एकताको भावना बढाउने पहल थाल्दै आएको समाचारमा जनाइएको छ ।

त्यसैगरी, घरजस्तै खेलमैदान शीर्षकमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समाचारलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पाँच खेल बुधबारदेखि शुरु भए । यससँगै आठौं राष्ट्रिय खेलकुद समयमै नहुने हो कि भन्ने अन्योलता हटेको छ ।

सँगै केही खेलमा खेलाडी र तिनको परिवारसँग गाँसिएका केही रमाइला संयोग पनि जुरेको छ । रमाइलो संयोग स्क्वास, लनटेनि र टेबलटेनिसका खेलाडीलाई जुरेको हो ।

यी तीनवटै खेलका खेलाडीले खेल मैदानमा पनि पारिवारिक वातावरण पाउने भएका छन् । यी खेलमा एउटै परिवारका सदस्य पनि छानिएर आएका छन् ।

ललितपुरमा शुरु भएको स्क्वास खेलमा गण्डकी प्रदेशबाट बाबु र छोरी छनोट भएका छन् । ४३ वर्षीय बाबु सन्तोष घिमिरे र १६ वर्षीया छोरी सालिनी घिमिरे जिल्ला र प्रदेशस्तरको छनोट प्रतियोगितामा प्रतिस्पधीहरुलाई हराउँदै यो स्थानमा पुग्न सफल भएका हुन् ।

यसैगरी टेनिसमा गण्डकी प्रदेशबाटै छानिएका आमाछोरीको कथा पनि उस्तै रोचक छ । ४५ वर्षीया आमा विमला बस्याल र २० वर्षीया छोरी सुप्रिया बस्याल पनि जिल्ला र प्रदेशस्तरीय छनोट पार गर्दै यो यात्रा तय गर्न सफल भएको समाचारमा जनाइएको छ ।

यटा टेबलटेिनसमा पनि बाजे नातिनी छनाेट भएका छन् ।  पूवर्एसएसपी गोबर्द्धन श्रेष्ठ ६७ वर्षका भए । उनी टेबलटेनिसका प्रतियोगी हुन् । प्रहरी सेवामा लामो समय काम गरेका श्रेष्ठ अहिले पनि त्यत्तिकै जाँगरिला र फूर्तिला छन् । उनीसँगै उनकाी ८ वर्षीया नातिनी शुभश्री श्रैष्ठ पनि प्रतियोगी बनेकी छिन् ।

१४ वर्ष उमेर समूहसम्ममा प्रतियोगीहरुलाई पछि पारेकी शुभश्री प्रतियोगिताको सबैभन्दा कान्छोे उमरकी सहभागी पनि हुन् । यो प्रतियोगितामा सवैभन्दा बढी उमेर र सवैभन्दा कम उमेरका खेलाडी एउटै घरबाट रहेको समेत समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : २० बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई