ललितानिवासको जग्गा धितो राखेर ऋण ? « Khabarhub

ललितानिवासको जग्गा धितो राखेर ऋण ?


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ।

ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक/बित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो। सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरूले प्रवाह गरेको कर्जा रकम के हुन्ने भन्ने अन्योल देखिएको छ।

ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतमा उक्त सरकारी जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थाले ऋण लिएका छन्।

स्रोतले उपलब्ध गराएको विवरणअनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, जग्गा हडप्ने योजनाकारमध्येका रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल, भाटभटेनी डेभलपमेन्ट प्रालिलगायत व्यक्ति तथा संस्थाले ललितानिवासको जग्गा धितो राखेका छन्। यसरी बैंकहरुबाट लिएको ऋण चुक्ता भए–नभएको तथा कुन–कुन प्रयोजनका लागि कर्जा लिइएको भन्ने विषयमा पनि छानबिन भइरहेको छ।

भारतमा आज पहिलो चरणको मतदान शीर्षकको समाचारमा भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस देखिएका छन्। निर्वाचनका लागि भाजपा नरेन्द्र मोदी र कांग्रेस राहुल गान्धीलाई नेताका रुपमा अघि सारेर निर्वाचनमा होमिएका छन्। लोकसभाका पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ सिटमा चुनाव हुँदैछ। दुई सिटमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। भारतीय निर्वाचन आयोगको तथ्यांकअनुसार हालको निर्वाचनमा मत दिन ९० करोड मतदाता योग्य छन्। यो संख्या २०१४ को निर्वाचनमा भन्दा झन्डै साढे आठ करोड संख्या बढी हो।

कांग्रेसका शीर्ष नेताले विधान कुल्चन थालेको, ३३ किलो सुन नेपालबाट नलगिएको दाबी गरिएको , चिकित्सक संघले भेला डाकेको, उनीहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको, जेट विमान दुर्घटनाबाट जोगिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : २१ बजे

कच्चा निर्देशनले ‘राँटो’ राखे

फिल्म : मालती मंगलेकलाकार : विजय बराल, वर्षा राउत र

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको