सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका दश वटा टिमबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष जेलिना भट्टले बताइन् ।

ह्याकाथन भनेको निश्चित छोटो समयभित्र प्रोग्रामर, डिजाइनर र विज्ञहरूले मिलेर सफ्टवेयर, एप वा प्रविधिमार्फत कुनै समस्याको समाधान वा प्रोटोटाइप तयार गर्ने प्रतिस्पर्धात्मक कार्यक्रम हो । उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका दश टिमबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमुना तयार गरी निर्णायकसमक्ष प्रस्तुति गर्ने प्रतियोगिता संयोजक भुपेन्द्र जोशीले जानकारी दिए । “सहभागीहरुले समस्याको पहिचान गरेर टेक्लोलोजिको प्रयोग गरी समाधान निकाल्नेछ ।”, उनले भने, “प्रतियोगिता ४८ घण्टासम्म सञ्चालन हुनेछ ।” प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पचास हजार, दोस्रोलाई रु २५ हजार र तेस्रो हुने टिममलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले उद्घाटन गर्दै प्रतियोगिताले सहभागीबीच प्रतिभा प्रस्फुटन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा महिलाले नेतृत्व गरेका टिममध्येबाट उत्कृष्ट हुनेलाई रु १० हजार नगद प्रदान गरिने संयोजक जोशीले जानकारी दिए । त्यस्तै हार्डवेयरसम्बन्धी उत्कृष्ट प्रोजेक्ट निर्माण र स्थानीय समस्या समाधान गर्ने टोली तथा उत्कृष्ट प्रस्तुति र डिजाइन गर्नेलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।

उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि २८ टिमले नाम दर्ता गराएकामा दश टिमलाई छनौट गरिएको हो । उनले भने, “प्रतियोगितामा पाँच विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता छ ।” ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका आठ वटा ट्रयाकमा विद्यार्थीहरूले आफ्ना समाधान प्रस्तुत गर्ने छन् । ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ३ : ३७ बजे

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

कञ्चनपुर- महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सप्तरी- नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीको जस्तै हालत बनाउने चेतावनी

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की