भारतमा लोकसभाको चुनाव : बिहानैदेखि मतदान शुरु « Khabarhub

भारतमा लोकसभाको चुनाव : बिहानैदेखि मतदान शुरु


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा आम निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान शुरु भएको छ । मतदानका लागि बिहानैबाट मतदान केन्द्रमा मानिसहरुको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मतदान स्थानीय समयअनुसार बिहान ७ बजेबाट खुला गरिएको बताइएको छ । बिहीबार भारतका विभिन्न २० राज्य र केन्द्र शासित प्रदेशका ९१ निर्वाचन क्षेत्रमा मतदान शुरु भएको हो ।

दोश्रो चरणको मतदान भने आगामी अप्रिल १८ मा हुनेछ । विभिन्न ७ चरणमा हुने मतदान आगामी मे १९ सम्म चल्नेछ । अन्तिम चरणको मतदान सकिएको ३ दिनपछि अर्थात् मे २३ बाट मतगणना शुरु हुने जनाइएको छ ।

पछिल्ला केही दशकयताको सबैभन्दा महत्वपूर्ण चुनावका रुपमा हेरिएको यसपटकको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा र विपक्षी कांग्रेस पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : ०२ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,