कारको ठक्करबाट युवकको मृत्यु | Khabarhub Khabarhub

कारको ठक्करबाट युवकको मृत्यु


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र पछाडि सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

उपचारको क्रममा मोटरसाइकल पछाडि सवार हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : ३६ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट