रक्सी खानेलाई कारबाही गरेको पैसाले वृद्धवृद्धालाई दाँत उपहार « Khabarhub

रक्सी खानेलाई कारबाही गरेको पैसाले वृद्धवृद्धालाई दाँत उपहार


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उनले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भनिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि सम्भव भएको थिएन।
दाँत नभएका कारण लाजले उनी सामाजिककार्यमा जानसमेत छाडेकी थिइन। केही बोल्न खोज्दा स्पष्ट नहुने भएपछि उनले सामाजिक कार्य र साथीसङ्गीसँग समेत बोल्न छाडिन। अहिले रोकायाको खुशी फर्किएको छ । समाजका मान्छेले थोते भन्दै गिज्याउनेको अगाडि राम्रोसँग बोल्न सक्ने भएपछि उनी खुसी छन् ।

यस्तै समस्या सोही वडा नेटाकाँटीयाका रामप्रसाद जोशीले समेत खेप्नुपरेको थियो । मासु खाने चाहना हुँदाहुँदै पनि उनले दाँत झरेका कारण मासु खान सकिन्छ भन्ने लागेकै थिएन । जब गाँउपालिकाले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्‍यो, उनीजस्ता दाँतको समस्या भएका ५३ ले दाँत हाल्न पाए । गाँउपालिकाले मदिरा पिएर होहल्ला गर्ने व्यक्तिबाट उठाएको चार लाख बराबरको रकमले स्वास्थ्य शिविर सञ्चालन गरेको गाँउपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । गाउँपालिका र रामप्रसाद स्मृति प्रतिष्ठानले दुर्गामहालिङ मावि चौकामा चलाएको तीनदिने शिविर बुधबार सम्पन्न भएको हो ।

गाउँपालिकाले मदिरा सेवन गरी होहल्ला गर्नेबाट जरिवानास्वरुप सङ्कलन गरेको रकम र छान्ना क्षेत्रका समाजसेवी विष्णुप्रसाद खत्रीको पहलमा शिविर सञ्चालन भएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँच, हाडजोर्नीको शल्यक्रिया, दन्तरोगको उपचार र आँखाका बिरामीको उपचार भएको थियो । यसका साथै स्त्रीरोग, बालरोगको पनि उपचार भएको गाँउपालिका अध्यक्ष रोकायाले बताउनुभयो । शिविरमा गाउँपालिकाभित्रका पौवागडी, लामातोला, माझीगाउँ, कालुखेती, पाटादेवल गडराय र छिमेकी गाउँपालिका थलारा र छिमेकी जिल्ला बाजुराका बिरामी पनि स्वास्थ्य सेवा लिन आएका थिए ।

गाउँपालिका अध्यक्ष रोकायले यस क्षेत्रका स्थानीयवासीले शिविरबाट निकै राहत पाएको बताए । उनका अनुसार शिविरमा सात रोगको उपचार गरिएको छ । सामान्य चिकित्सातर्फ ६९५, हाडजोर्नीतर्फ ८८१, दन्तरोगतर्फ २६१ ले उपचार सेवा लिएका छन् । यसका साथै आँखारोगतर्फ ३८१, स्त्रीरोगतर्फ ५७६, बालरोगतर्फ १९४ र शल्यक्रियातर्फ १० जनाले सेवा लिएको अध्यक्ष रोकायले बताए । सबै गरी दुई हजार ९९६ को स्वास्थ्य परीक्षण तथा उपचार गरिएको शिविरमा सहभागी डा किशोरबहादुर खत्रीले जानकारी दिए । यसका साथै शिविरमा ३९४ को अल्ट्रासाउण्ड, १०१ को ल्याव परीक्षण, ३१ को मोतिविन्दुको शल्यक्रिया, ५३ को नयाँ दाँत राखेको पनि उनले जानकारी दिए।

शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रालि, आम्दा हस्पिटल प्रालि बुटवल र हिमाल डेन्टल हस्पिटल प्रालिका विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो । तीन दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाले चार लाख र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच लाख गरी नौ लाख खर्च भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १० : १४ बजे

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।