गुल्मीमा जिप दुर्घटना– पूर्व सांसदसहित दुई जनाको मृत्यु « Khabarhub

गुल्मीमा जिप दुर्घटना– पूर्व सांसदसहित दुई जनाको मृत्यु


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको मुसिकोट नगरपालिकामा बिहीवार बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् ।

धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ६५ वर्षीय भण्डारी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत थिए । त्यसैगरी मालिका गाउँपालिका–१ का आठ वर्षीय वस्कर विश्वकर्माको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।

मालिका गाउँपालिकाअन्तर्गत दर्लिङबाट बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ अन्तर्गत चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास ल्याइँदै गरिएको छ ।

पूर्वसांसद भण्डारी बुधबार मालिका गाउँपालिकाअन्तर्गत घमिरमा दलित सङ्घका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जलि कार्यक्रममा गएका थिए थियो । जिप घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सडकवाट करिब २०० मिटर तल खसेको स्थानीयवासी मोहन घिमिरेले जानकारी दिए । दुर्घटनामा जिप चालकसमेत गम्भीर घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ०४ बजे

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी