‘माग्ने बूढा’ का यी पाँच ‘फन्नी’ तस्वीर, शायद तपाईंले हेर्नुभएको छैन « Khabarhub

‘माग्ने बूढा’ का यी पाँच ‘फन्नी’ तस्वीर, शायद तपाईंले हेर्नुभएको छैन


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘माग्ने बूढा’ का नामले चर्चित हास्यकलाकार केदार घिमिरेको आज जन्मदिन हो । उनको जन्मदिनको अवसर पारेर सेलिब्रेटीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

कलाकारितामा आउनुअघि उनी फुटपाथमा सामान बेच्ने, घरमा रङ्ग लगाउने आदि काम गर्थे ।

हास्य शृङ्खला ‘हिजो आजका कुरा’ मा सानो भूमिका निभाएपछि कलाकारिता थालेका माग्ने बूढा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छन् । केही समय डिप्रेशनको शिकार भएका माग्ने बूढा केही वर्ष यता सामान्य अवस्थामा फर्केका छन् । उनले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक शैलीमा राजनीतिक टिप्पणी गर्नुका साथै कमेडी तस्वीरहरु पनि पोस्ट गरिरहेका हुन्छन् ।

‘मेरी बास्सै’ मा निभाएको माग्ने बूढाको चरित्रको भने अहिले पनि चर्चा हुने गर्छ । जबकि, उनले मेरी बास्सै छोडेको लामो समय भइसकेको छ ।

उनै माग्ने बूढाले सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेका केही तस्वीर हामीले लिएका छौँ:

घिमिरेले यो तस्वीर सन् २०१२ मा फेसबूकमा अपलोड गरेका छन् । उनले क्याप्सनमा लेखेका छन् – माग्ने बूढाको शालिक पाखामा । नेताको भए चोकमा हुन्थ्यो होला ।
घिमिरेले यो तस्वीर सन् २००९ मा फेसबूकमा अपलोड गरेका छन् ।
बुडो माग्ने । उनले यो तस्वीर सन् २०१२ मा फेसबूकमा अपलोड गरेका छन् ।
माग्ने बूढा स्टेजमा नाच्दै गरेको तस्वीर । उनले यो तस्वीर सन् २०१० मा अपलोड गरेका छन् ।
सन् २०१२ मा अपलोड माग्ने बूढाले सार्वजनिक गरेको यो तस्वीरको क्याप्सन छ – त्रिशुलीको भेलमा हाम फाल्दा ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १ : ५० बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट