अब विद्यार्थीले यार्सा संकलन गर्न नपाउने « Khabarhub

अब विद्यार्थीले यार्सा संकलन गर्न नपाउने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बहुमूल्य जडिबुटी यार्सा गुम्बा संकलनमा विद्यार्थीलाई रोक लगाइएको छ ।

विद्यालय तहमा अध्ययन गर्ने कुनै पनि व्यक्तिले यार्सा संकलन गर्न नपाइने गरी रोक लगाइएको हो । जुम्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि विद्यार्थीहरुलाई रोक लगाएको हो ।

विद्यार्थीहरु वर्षेनी यार्सा टिप्न लेक जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । अधिकृत बुढ्थापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको पनि जानकारी दिए ।

बुढ्थापाका अनुसार विद्यार्थी यार्सा टिप्न जाँदा ३ महिनासम्म विद्यालय बन्द हुन्छन् । लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक अवस्थामा नै असर परेकाले गाउँपालिकाले यस्तो निर्णय लिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन