विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ « Khabarhub

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोप्य सरकारी दस्तावेजहरु सार्वजनिक गरेर तहल्का मच्चाएको विकिलिक्स साइटका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् । विगत ७ वर्षदेखि बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बस्दै आएका असान्जलाई राजदूतावासबाटै पक्राउ गरिएको हो ।

यसअघि इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले धेरै वटा अन्तर्राष्ट्रिय सन्धी सम्झौता उल्लङ्घन गरेको भन्दै असान्जलाई दिइँदै आएको शरण फिर्ता गरिएको घोषणा गरेका थिए । त्यसपछि राजदूतले नै प्रहरीलाई दूतावासभित्र प्रवेश गरी असान्जलाई गिरफ्तार गर्न अनुमति दिएको बताइएको छ ।

उनीमाथि यसअघि स्वीडेनमा यौन दुराचारको अभियोग लागेको थियो । पछि स्वीडेनमा यौन दुराचारको अभियोग फिर्ता भएपनि उनी लण्डनस्थित इक्वेडोरको राजदूतावासकै शरणमा रहँदै आएका थिए । अष्टे«लियन मूलका असान्जले आफूलाई गिरफ्तार गरिए अमेरिका सुपुर्दगी हुनसक्ने र त्यहाँ आफूलाई यातना दिइने वा ज्यान नै मार्ने अवस्था आउने भएकाले इक्वेडोरको दूतावासमा बस्नु परेको बताउँदै आएका थिए ।

उनले अदालतमा उपस्थित हुन अस्वीकार गरेको अभियोगमा पक्राउ गरिएको लण्डनको महानगरीय प्रहरीले जनाएको छ । हाल उनी हिरासतमा रहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि विकिलिक्सले अमेरिकी सहित विभिन्न मुलुकका गोप्य सरकारी दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको थियो । विकिलिक्समाथि यसअघि सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पनि डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनसम्बन्धी इमेलहरु सार्वजनिक गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : ५५ बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन