विद्युतीय गाडीमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह « Khabarhub

विद्युतीय गाडीमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

विहीबारबाट काठमाडाैंमा शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योग र आर्थिक क्षेत्रको उन्नतिका लागि कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्यागी तथा व्यवसायीलाई आग्रह गरे । उनले उद्योगीहरुलाई अवसर, अधिकार र सहुलियत दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानूनी व्यवस्था गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले चाँडै विद्युतीय गाडीको कारखाना स्थापना गर्ने तयारी भइरहेको समेत जानकारी दिए । उनले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानूनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइन् । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको बताइन् । अध्यक्ष राणाले उद्योगीहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको समेत गुनासो गरेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ०४ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको