सरकारको काम जनताले अनुभूत गर्न सकून् : प्रचण्ड « Khabarhub

सरकारको काम जनताले अनुभूत गर्न सकून् : प्रचण्ड


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन् ।

अध्यक्ष दाहालले पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउनका लागि पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बिहीबार काठमाडौंमा नेपाल दूर सञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले नेपाल टेलिकमको कार्य क्षमता वृद्धि गर्न त्यहाँका कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पुरानै शैली र योजनाअनुसार काम गर्ने शैलीमा कर्मचारी तन्त्रले परिवर्तन नगरेसम्म मुलुक अघि बढन नसक्ने अध्यक्ष दाहालले तर्क गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको क्षमता अभिवृद्धिका लागि कामै गरेर देखाउन कर्मचारीहरुलाई सचेत गराए ।

उनले नेपाल टेलिकमलाई जापानको एक कम्पनी रणनीतिक साझेदारको रुपमा भित्रयाउन लागिएको पनि जानकारी दिए । मन्त्री बाँस्कोटाले नेपाल टेलिकमको ऐन, कानूनलाई पनि समय सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ४२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन