सेनामाथि सरकारको हस्तक्षेप : सभापति देउवा « Khabarhub

सेनामाथि सरकारको हस्तक्षेप : सभापति देउवा


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरको भेला पोखरामा शुरु भएको छ । भेलाको विहीबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । भेलाको उद्घाटन गर्दै सभापति देउवाले वर्तमान सरकारले नेपाली सेनामाथि हस्तक्षेप गर्न लागेको आरोप लगाएका छन् ।

देउवाले लोकतन्त्रमा सेना स्वतन्त्र रहने उल्लेख गर्दै सेना परिचालन गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे । उनले विश्वमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार कहीँ नभएका भन्दै सरकार संवैधानिक निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरेको आरोप लगाए ।

ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष बिते जनअपेक्षा अनुरुपका केही काम गर्न नसकेको बताउँदै मुलुकमा भ्रष्टाचार, अराजकता मौलाएको आरोप लगाए ।

सभापति देउवाले निर्वाचनमा पार्टीका उम्मेदवार हराउन लाग्ने व्यक्तिहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए । उनले निर्वाचनमा घात–अन्तर्घात गर्नेहरुलाई कारबाही नगरेसम्म पार्टी सुदृढ नहुने तर्क गरे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायमा नियुक्ति गर्दा राजनीतिक पार्टीहरुबीच पावर सेयरिङ्ग गर्नु समान्य भएको जिकिर गर्दै शक्ति सन्तुलनका आधारमा पावर सेयरिङ्ग हुनुपर्ने स्पष्ट पारे ।

नेता पौडेलले वर्तमान सरकारले समृद्धको नारा लगाए पनि विकासका केही काम नदेखिएको जिकिर गरे । उनले पार्टी एक बनाउन व्यवस्थापनको जिम्मा महामन्त्रीले लिइदिनुपर्ने समेत उल्लेख गरे ।

भेलामा महामन्त्री शशांका कोइरालाले पार्टी एकताका लागि आफू जे सुकै त्याग गर्न तयार रहेको बताए । त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले वैशाख देखि गर्न लागेको जागरण अभियानमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

शुक्रबारसम्म चल्ने भेलामा देशभरका ७७ जिल्लाका कांग्रेस कोषाध्यक्षहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ६ : ५५ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति