महानगरले ल्यायो ‘स्मार्ट’वत्ती « Khabarhub

महानगरले ल्यायो ‘स्मार्ट’वत्ती


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर-यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो ।

सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत सुविधा हुने महानगरले जनाएको छ । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए । प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उनले भने, ‘अहिले काम शुरु भइसकेकाले केही समयमा सम्पन्न हुनेछ ।’

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले जनाएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताए । उनले भने, ‘यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।’

महानगरपालिकाले केही समय पहिले मात्रै कुपण्डोलबाट लगनखेलसम्मको सडकको बत्तीको मर्मत गरेको थियो । महानगरका कुनै पनि सडकमा बत्ती नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दो छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ९ : १६ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम