सार्वजनिक बसमा ‘फस्ट एड बक्स’ | Khabarhub Khabarhub

सार्वजनिक बसमा ‘फस्ट एड बक्स’


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- वेलनेश टिम काठमाडौँको सहयोगमा धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिद्वारा चल्ने बसमा औषधि सेवा उपलब्ध गराउन शुरु गरिएको छ ।

समिति मातहतमा रहेका २०० बसमा यात्रुलाई सेवा प्रदान गर्नका लागि औषधिको फस्ट एड बक्स (पहिलो सहायता बक्स) राख्न शुरु गरिएको धवलागिरि अञ्चल यातयात बस व्यवसायीले जनाएको छ । नेपालमै पहिलोपटक बागलुङदेखि सञ्चालन हुने बसमा औषधिको बक्स राख्न शुरु गरिएको बेलनेश टिमका अध्यक्ष नितु खड्काले बताए । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताए ।

स्वास्थ्यको बारेमा जनचेतना जगाउन र आफूलाई के रोग लागेको छ र कुन विशेषज्ञलाई जचाउनुपर्दछ भन्ने जानकारी कार्यक्रमले प्रदान गर्नेछ । बसलाई बक्स वितरणसँगै औषधिको प्रयोगका बारेमा पर्चासहित तालिम दिइने अध्यक्ष खड्काले जानकारी दिए ।

औषधि बक्स सर्वसाधारणलाई समेत वितरण गर्ने वेलनेशले जनाएको छ । एक हजारमा वितरण गर्ने जनाएको वेलनेशले आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम ५० सम्ममा वितरण गर्ने जनाएको छ । बक्समा सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधि, टाउको दुखेको, पेट दुखेको, बमिट नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजार रहेको वेलनेश टिमका सचिव ओमविक्रम खड्काले जानकारी दिए ।

बसमा यात्रा गर्दा बिरामी भएर यात्रुलाई असहज हुने गरेकाले त्यसको अन्त्यका लागि बसमा प्राथमिक उपचारका औषधि राखिएको धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए । बसमा राखिएका औषधि यात्रुलाई निःशुल्क वितरण गरिने उनले बताए ।

बागलुङदेखि काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज, नारायणगढ, वीरगञ्जलगायतका ठाउँमा चल्ने समितिका यातायातमा सो औषधि बक्स राख्ने धवलागिरी बस व्यवसायी समितिले जनाएको छ । औषधि बक्स समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ११ : ०३ बजे

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् नेपाली बजारमा सुनको मूल्य

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त

गण्डकी– गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा

सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर

ललितपुर– भूकम्पले भत्किएका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनर्निर्माणमा ललितपुर महानगर