तीन सय २१ ले नागरिकता लिए « Khabarhub

तीन सय २१ ले नागरिकता लिए


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् । नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

सर्वोच्चको आदेशपछि गत चैत २६ देखि वैशाख ३ सम्म नागरिकता वितरणकार्य रोकिएको थियो भने पुनः यही वैशाख २४ देखि गृह मन्त्रालयले अल्पकालीन जन्मका आधारमा दिइदै गरेको वंशज नागरिकता दिनमा रोक लगाएको छ ।

वैशाख ३ मा सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुल्ला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य शुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : २५ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार