नेपालको पर्यटन जानकारी गराउन जर्मनीमा कार्यक्रम « Khabarhub

नेपालको पर्यटन जानकारी गराउन जर्मनीमा कार्यक्रम


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरियो । नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन–नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोनमा भएको विशेष कार्यक्रममा नेपालको पर्यटन विकासका बारेमा विभिन्न कार्यपत्र, सांस्कृतिक कार्यक्रम, वृत्तचित्र प्रदर्शन तथा नेपालका सातै प्रदेशको चिनारी प्रस्तुत गरिएको थियो ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशको पूर्वाधार विकास, विभिन्न जातजातिको कला, संस्कृतिको जगेर्नामा ध्यान दिनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिए । जर्मनवासीलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न तथा नेपालको भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले बताए । उनका अनुसार ३० वर्षदेखि वर्षेनी विभिन्न विषयमा नेपाल दिवस मनाउँदै आउने क्रममा यस वर्ष नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा सातै प्रदेशको पर्यटन प्रवर्द्धनलाई केन्द्रित गरी दिवसको आयोजना गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घका संरक्षक जीवा लामिछानेले नेपालको पर्यटन, लगानीको सम्भावना र नेपालको पर्यटन विकासमा डायस्फोराको योगदानका बारेमा प्रकाश पारे । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पनि सुखी नेपाली र समृद्ध नेपालको अभियानमा पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

विभिन्न समयमा नियुक्त हुनुभएका नेपालका लागि जर्मनीका राजदूतहरुले नेपालको परिवर्तित राजनीति, लगानीको सम्भावना र पर्यटकीय सम्पदाहरुका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : ४२ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ