आजको मौसम : सामान्य बदलीदेखि हावाहुरीसहितको वर्षा हुनसक्ने | Khabarhub Khabarhub

आजको मौसम : सामान्य बदलीदेखि हावाहुरीसहितको वर्षा हुनसक्ने


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी उपत्यकाको मौसम आज (मंगलबार) बिहान सफा रहेपनि दिउँसो सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसममा आशिंक बदलीदेखि हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद बरुण पौडेलका अनुसार आज देशभरिनै आंशिकदेखि सामान्य बदलि रहने र पुर्वी तथा मध्य भु-भागका केहि ठाउँमा पानी पर्नेछ । मेघ गर्जनसहितको पानी र हावाहुरीको पनि सम्भावना रहेको पौडेलले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ ।

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार)

दिउँसो: देशभरिनै आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : २२ बजे

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम