गर्लफ्रेन्डलाई बाईकमा बोकेपछि अशोक दर्जी फेरि चर्चामा ! « Khabarhub

गर्लफ्रेन्डलाई बाईकमा बोकेपछि अशोक दर्जी फेरि चर्चामा !


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मन विनाको धन ठूलो कि…’ गीतबाट एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी पहिलो पटक म्युजिक भिडियोमा देखिने भएका छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियोकोमा उनी देखिन थालेका हुन् । गीतको छायांकन हालै सम्पन्न भएको हो । भिडियो केही दिनमा सार्वजनिक हुने भएको छ ।

गीतको म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै सुटिङ स्थलका क्लिपहरुबाटै उनको चर्चा हुन थालेको छ । भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ ।

पूर्वी नेपालका विभिन्न ठाउँमा बाटोमा बसेर गीत गाउँदै आएका दर्जीका गीत युट्युवमा भाइरल बनेपछि उनको उद्धार गरी गायक तथा संगीतकार बुढाथोकीले आफ्नो संरक्षणमा राखेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ५८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि