विप्लव निकट विद्यार्थीद्वारा आन्दोलनका कार्यक्रम घोषणा | Khabarhub Khabarhub

विप्लव निकट विद्यार्थीद्वारा आन्दोलनका कार्यक्रम घोषणा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारद्वारा पार्टीमाथिको प्रतिबन्धपछि गिरफ्तार गरेका आफ्ना विद्यार्थी नेताहरुको तत्काल रिहाईको मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरिएको जनाइएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले विज्ञप्ति मार्फत बिना कारण गिरफ्तार आफ्नो संगठनका नेताहरुलाई रिहा नगरे कडा संघर्षमा जाने चेतावनी पनि दिएका छन् । विज्ञप्ति मार्फत ढकालले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

सार्वजनिक कार्यक्रमहरुमा आगामी जेष्ठ ३० र ३१ गते देशव्यापीरुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा अन्तरक्रिया र विरोध कार्यक्रम गरिनेछन्।

विरोधका पर्चा वितरण, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन, भण्डाफोर तथा कोणसभा गर्ने, असार १,२ र ३ गते जुलुस प्रदर्शन गर्ने,असार ४ गते क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने, साथै असार ६ गते गैह्रन्यायीक गिरफ्तार गरिएका जिल्लाहरुमा शैक्षिक हड्ताल गर्ने रहेका छन् ।

आन्दोलनका बाबजुद पनि आफूहरुका माग पूरा नभए ७ गतेबाट अर्को चरणको कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : २३ बजे

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके– बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा- मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको