विप्लव निकट विद्यार्थीद्वारा आन्दोलनका कार्यक्रम घोषणा « Khabarhub

विप्लव निकट विद्यार्थीद्वारा आन्दोलनका कार्यक्रम घोषणा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारद्वारा पार्टीमाथिको प्रतिबन्धपछि गिरफ्तार गरेका आफ्ना विद्यार्थी नेताहरुको तत्काल रिहाईको मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरिएको जनाइएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले विज्ञप्ति मार्फत बिना कारण गिरफ्तार आफ्नो संगठनका नेताहरुलाई रिहा नगरे कडा संघर्षमा जाने चेतावनी पनि दिएका छन् । विज्ञप्ति मार्फत ढकालले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

सार्वजनिक कार्यक्रमहरुमा आगामी जेष्ठ ३० र ३१ गते देशव्यापीरुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा अन्तरक्रिया र विरोध कार्यक्रम गरिनेछन्।

विरोधका पर्चा वितरण, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन, भण्डाफोर तथा कोणसभा गर्ने, असार १,२ र ३ गते जुलुस प्रदर्शन गर्ने,असार ४ गते क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने, साथै असार ६ गते गैह्रन्यायीक गिरफ्तार गरिएका जिल्लाहरुमा शैक्षिक हड्ताल गर्ने रहेका छन् ।

आन्दोलनका बाबजुद पनि आफूहरुका माग पूरा नभए ७ गतेबाट अर्को चरणको कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : २३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने