ट्रकले बसलाई ठक्कर दिँदा रौतहटमा २ भारतीय तीर्थयात्रीको मृत्यु « Khabarhub

ट्रकले बसलाई ठक्कर दिँदा रौतहटमा २ भारतीय तीर्थयात्रीको मृत्यु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतह– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुर जंगलमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका जनाइएको छ ।

मंगलपुरको जंगलामा रोकिराखेको ना ६ ख ९०३० नम्बरको तीर्थयात्री सवार बससलाई को १ ख २६२५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।

बसमा भारतका तीर्थयात्र सवार रहेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतीय राज्य उडिसाको भुवनेश्वर घर भएका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशाल छन् ।

घाइते भएकामध्ये ६ जनाको रौतहटको चन्द्रपुरमा र ३ जनाको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक २ जनाको शव भने रौतहट सदरमुकाम चन्द्रनिगाहपुरस्थित अस्पतालमा राखिएको जनाइएको छ ।

दुर्घटनामा बसका चालक दुर्गाप्रसाद पौडेल घाइते छन् । बसलाई ठक्कर दिएर फरार रहेका ट्रकका चालक सुनसरीका रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ५२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन