विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंका भिड्दै


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) बंगलादेश र श्रीलंका भिड्दैछन् । इङ्ग्ल्यान्डको ब्रिस्टोल ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ ।

यसअघि श्रीलंका र बंगलादेशले समान ३–३ खेल खेलेका छन् । जसमा श्रीलंकाले ३ खेलबाट ३ अंक जोडेको छ भने बंगलादेशको २ अंक छ । विश्वकपको चौथो खेल एक–अर्का बीच खेल्न लागेका यि दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रिदैछन् ।

यसअघि पाकिस्तानविरुद्ध नतिजा आफ्नो पक्षमा निकाल्न नपाउँदा टोलीमा दबाब बढेको श्रीलंकाका मुख्य प्रशिक्षक चन्द्रीका हाथरुसिंघाले बताए ।

पाकिस्तान र श्रीलंकाविरुद्ध उक्त खेलमा बर्षका कारण दुवै टोलीले अंक बाडेका थिए । त्यसअघि अफगानिस्तानमाथि जीत निकाल्दै लय समातेको श्रीलंकालाई पाकिस्तानविरुद्धको खेल खेल्न नपाउँदा दबाब महसुस भएको बताएका छन् ।

‘कुनै पनि खेल जितेर लय समातिरहँदा यसरीबीचमै खेल रोकिँदा मुमेन्टममा असर पर्छ,’ बंगलादेशबारे बोल्दै उनले भने,‘विश्वकपमा बंगलादेशसँग पनि अनुभवी खेलाडीहरु छन् । जसले गर्दा बंगलादेशसँग हामी सम्यम भएर नतिजा आफ्नो पक्षमा पार्ने गरी मैदानमा प्रदर्शन गछौं ।’

यस्तै, बंगलादेशका ब्याटिङ प्रशिक्षक नेइल म्याकेन्जील आफ्नो टोलीले श्रीलंकासँग सजग भएर खेल्ने बताएका छन् । उनले सकेसम्म नतिजा आफ्नो पक्षमा पार्ने कोसिस गर्ने पनि बताए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ०३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि