काठमाडौंमा राति पनि बस चलाउने सरकारको तयारी, भाडा दिउँसोको भन्दा ५० प्रतिशत बढी | Khabarhub Khabarhub

काठमाडौंमा राति पनि बस चलाउने सरकारको तयारी, भाडा दिउँसोको भन्दा ५० प्रतिशत बढी


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातको समयमा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा रात्रीकालीन बस सेवा संचालनमा ल्याउने तयारी गरेको छ ।

त्यसका लागि यतायात व्यवस्था विभागले सरोकारवालाहरुसँग छलफल समेत अघि बढाएको छ । यतायातसँग जोडिएका संघसंस्था तथा निजी कम्पनीहरुसंग पनि यस विषयमा छलफल भइरहेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी तिर्थ राज खनाल भन्छन ‘हामीले यातायात कम्पनीहरुलाई प्रस्ताव राखेका छौं, राती सेवा दिन चाहने कम्पनीहरुको नामहरु संकलन समेत गरिरहेका छौ,ं व्यवसायीहरु सेवा दिन उत्साहित हुनुहुन्छ ।’

विभिन्न चरणमा भएको छलफलमा एक दर्जन यातायात कम्पनीले रात्री–बस संचालनका लागी चासो राखेको खनालले बताए । विभागका अनुसार रात्री–बस चलाउन चाहने व्यवसायीलाई सरकारले अतिरिक्त सहुलियत तथा सुविधा समेत दिने तयारी गरिरहेको छ ।

अब रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार समेत दिइने भएको छ । हाल काठमाडौंमा सार्वजनिक बसहरुले रातको समयमा ८ देखि ९ बजेसम्म मात्र सेवा दिइरहेका छन् ।

मध्यरातसम्म काम गरेर घर फर्कन चाहने यात्रुले ट्याक्सी प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यसअघि पनि २०६९ भदौमा रात्रीकालिन बस–सेवा संचालन भएको थियो । ६ महिनासम्म संचालन आएको उक्त सेवा यात्रु नपाएको भन्दै व्यवसायीहरुले बन्द गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ४६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने