काठमाडौंमा राति पनि बस चलाउने सरकारको तयारी, भाडा दिउँसोको भन्दा ५० प्रतिशत बढी « Khabarhub

काठमाडौंमा राति पनि बस चलाउने सरकारको तयारी, भाडा दिउँसोको भन्दा ५० प्रतिशत बढी


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातको समयमा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा रात्रीकालीन बस सेवा संचालनमा ल्याउने तयारी गरेको छ ।

त्यसका लागि यतायात व्यवस्था विभागले सरोकारवालाहरुसँग छलफल समेत अघि बढाएको छ । यतायातसँग जोडिएका संघसंस्था तथा निजी कम्पनीहरुसंग पनि यस विषयमा छलफल भइरहेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी तिर्थ राज खनाल भन्छन ‘हामीले यातायात कम्पनीहरुलाई प्रस्ताव राखेका छौं, राती सेवा दिन चाहने कम्पनीहरुको नामहरु संकलन समेत गरिरहेका छौ,ं व्यवसायीहरु सेवा दिन उत्साहित हुनुहुन्छ ।’

विभिन्न चरणमा भएको छलफलमा एक दर्जन यातायात कम्पनीले रात्री–बस संचालनका लागी चासो राखेको खनालले बताए । विभागका अनुसार रात्री–बस चलाउन चाहने व्यवसायीलाई सरकारले अतिरिक्त सहुलियत तथा सुविधा समेत दिने तयारी गरिरहेको छ ।

अब रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार समेत दिइने भएको छ । हाल काठमाडौंमा सार्वजनिक बसहरुले रातको समयमा ८ देखि ९ बजेसम्म मात्र सेवा दिइरहेका छन् ।

मध्यरातसम्म काम गरेर घर फर्कन चाहने यात्रुले ट्याक्सी प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यसअघि पनि २०६९ भदौमा रात्रीकालिन बस–सेवा संचालन भएको थियो । ६ महिनासम्म संचालन आएको उक्त सेवा यात्रु नपाएको भन्दै व्यवसायीहरुले बन्द गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ४६ बजे

काठमाडौंमा फेसलेस ट्राफिक प्रणाली विस्तार गरिने

काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको फेसलेस

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।