अमेजन बन्यो विश्वसनीय अनलाइन ब्राण्ड, फेसबुक तेस्रो स्थानमा « Khabarhub

अमेजन बन्यो विश्वसनीय अनलाइन ब्राण्ड, फेसबुक तेस्रो स्थानमा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टनेटको माध्यमबाट गोप्य जानकारी चुहावट तथा गोपनियता भंग भएका घटना बढी रहेको अवस्थामा ई–कमर्स कम्पनीहरु तथा सामाजिक सञ्जालहरु भने विश्सनीय ब्राण्डको रुपमा स्थापित हुन थालेका छन् ।

रिसर्च कम्पनी टिआरए (ट्रस्ट रिसर्च एड्भाइजरी) को हालै सार्वजनिक एक रिपोर्टअनुसार भारतलगायत अन्य मुलुकमा ई–कमर्स कम्पनी अमेजन इन्टरनेटमा विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको देखिएको छ ।

अमेजनपछि गुगल र फेसबुकले विश्वसनीय ब्राण्डको स्थान प्राप्त गरेका छन् । डेटा एनालिसिस कम्पनीको ब्राण्ड ट्रस्ट रिपोर्ट २०१९ अनुसार सर्वेक्षणमा ३२ इन्टरनेट ब्राण्डलाई सामेल गरिएको छ । यसमा फेसबुकको स्वामित्व रहेको म्यासेजिङ्ग एप कम्पनी वाट्स एपलाई पछि पार्दै भारतमा म्यासेजिङ्ग एप हाइक चौथो स्थानमा रहेको छ । वाट्स एप भने दशौँ स्थानमा छ ।

यस्तै अनलाइन रुम बुकिङ्ग गर्ने सेवा प्रदायक भारतीय कम्पनी ओयो रुप पाँचौँ स्थानमा रहेको छ । पछिल्लो अध्ययनले इन्टरनेटमार्फत वस्तु तथा सेवा उपलब्ध गराउने सुविधाप्रति उपभोक्ताको विश्वास बढ्दै गएको देखिन्छ । यसले भविष्यमा अनलाइन सेवा थप प्रभावकारी हुने अध्ययनले देखाएको छ । यसका साथै यस्ता अनलाइन सेवा प्रदायकको व्यापार पनि दिनप्रति दिन बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : २७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन