करोडको नजरमा ‘गलबन्दी’ (भिडियो) « Khabarhub

करोडको नजरमा ‘गलबन्दी’ (भिडियो)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयको सर्वाधिक चर्चित लोकगीत ‘गलबन्दी’ लाई एक करोड दर्शकले हेरेका छन् । प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत हो ।

यो गीत नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका भिडियोमध्ये सबैभन्दा छिटो एक करोडले हेर्ने गीत बनेको छ । प्रकाश सपूतले बजारमा ल्याएको यसअघि ‘बोल माया’ पनि नेपालीमाझ निकै लाकेप्रिय भएको थियो ।

‘गलबन्दी’ को भिडियोमा मा अञ्जली अधिकारी र प्रकाश सपूतको अभिनय रहेको छ । यो गीतमा भएका संवादहरु पछिल्लो समय खुबै रुचाइएका थिए । यस्तै गीतमा अञ्जली अधिकारीको लजाएको अभिनयलाई दर्शकले खुबै रुचाएका छन् ।

गीतको भिडियोमा प्रकाश सपूतकै निर्देशन देख्न सकिन्छ । रोधीमा गाइने गीतको शैलीमा तयार पारिएको यो गीतलाई सबै वर्गका दर्शकले उत्तिकै रुचाएका छन् ।

भिडियो:

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ४९ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा