आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ « Khabarhub

आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एकजना उपसचिव आफ्नै छोरीमाथि योन शोषण गरेको आरोपमा पक्राउ परेका छन् ।

विगत केही वर्षदेखि आफ्नै छोरीमाथि पटक–पटक जबरजस्ती करणी गर्दै आएका  उपसचिव पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसार ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

छोरीले दिएको उजुरीका आधारमा उपसचिवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार १८ वर्षीया छोरीले आफूमाथि आफ्नै बुवाले पटक पटक जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।

१८ वर्षीया ति छोरी राजधानीको एक स्कूलमा १२ कक्षामा अध्ययनरत रहेको जनाइएको छ । बुवाको व्यवहारबाट पीडित बनेकी किशोरीले प्रेमीको सहयोगमा प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार उपसचिवले ‘विदेशमा त यो सबै चल्छ, आधुनिक युगमा सबै कुरा सामान्य हुन्छ’ भन्दै छोरीमाथि बलात्कार गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ०५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा