आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ | Khabarhub Khabarhub

आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एकजना उपसचिव आफ्नै छोरीमाथि योन शोषण गरेको आरोपमा पक्राउ परेका छन् ।

विगत केही वर्षदेखि आफ्नै छोरीमाथि पटक–पटक जबरजस्ती करणी गर्दै आएका  उपसचिव पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसार ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

छोरीले दिएको उजुरीका आधारमा उपसचिवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार १८ वर्षीया छोरीले आफूमाथि आफ्नै बुवाले पटक पटक जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।

१८ वर्षीया ति छोरी राजधानीको एक स्कूलमा १२ कक्षामा अध्ययनरत रहेको जनाइएको छ । बुवाको व्यवहारबाट पीडित बनेकी किशोरीले प्रेमीको सहयोगमा प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार उपसचिवले ‘विदेशमा त यो सबै चल्छ, आधुनिक युगमा सबै कुरा सामान्य हुन्छ’ भन्दै छोरीमाथि बलात्कार गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ०५ बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३