किन वैवाहिक सम्बन्ध तोड्न डराउँछन् महिला ? यस्ता छन् कारण « Khabarhub

किन वैवाहिक सम्बन्ध तोड्न डराउँछन् महिला ? यस्ता छन् कारण


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हाम्रो जस्तो समाजमा महिलाको चरित्र तथा व्यवहारलाई लिएर धेरै नै चर्चा हुने गर्छ । त्यसैले आफ्नो बिग्रदै गएको सम्बन्धलाई बचाउने क्रममा महिलामाथि थुप्रै किसिमका दबाब परिरहेको हुन्छ । सम्बन्ध बचाउनलाई महिलाले हर प्रयास गरिरँदा उनीहरुमाथि परिरहेको दबाबका विषयमा धेरै मानिसहरुले ध्यान दिएका हुँदैनन् । भनिन्छ, सम्बन्धको जोडी आकाशमा बन्छ र सम्बन्ध निभाउने कार्य धर्तीमा हुन्छ । यद्यपि, स्वर्गमा बनेको यस्तो जोडीमा यदि आपसी तालमेल तथा प्रेममा कमी भयो भने सम्बन्ध धेरै लामो समयसम्म टिक्न सक्दैन । यसलाई हेर्ने हो भने केही यस्ता कारण छन् जसले कुनै पनि महिलालाई आफ्नो सम्बन्ध बचाइ राख्न सम्झौता गर्न बाध्य तुल्याइरहेको हुन्छ । ति कारण के-के हुन्, जानी राखौँ ।

द्विविधा

मनोविज्ञानिकहरुका अनुसार शारीरिक तथा मानसिक उत्पिडन झेलेपछि कयौँ पटक महिला आफ्नो सम्बन्धको विषयमा द्विविधामा पर्ने गर्छन् । आफ्नो साथ हुने दुव्र्यवहारलाई लिएर उसले आफैँलाई दोषी मानिरहन्छन् । जसले गर्दा बिस्तारै उसको भित्र लुकेर बसेको आत्मसम्मान कमजोर हुँदै जानेछ । यसले आफ्नो जीवन अर्थहीन हुँदै गएको अनुभुति गर्न थाल्छन् ।

समाजको डर

आफुमाथि हिंस्रक व्यवहार भइरहँदा पनि समाजको डरले महिलाले त्यस्ता विषयलाई सम्बन्धभन्दा बाहिर लैजान हिच्किचाउँछन् । समाजले के भन्छ भन्ने मानिसक सोचका कारण आफुमाथि बारम्बार भइरहेको दुव्र्यहारको घटना अर्को व्यक्तिलाई सुनाउन पनि डर मानिरहेका हुन्छन् ।

जीवन साथी सुध्रने आशा

महिलामाथि हुने दुव्र्यहार तथा हिंसाका घटनामा अशिक्षित महिलामात्रै फस्छन् भन्ने हुँदैन । रोजगारीमा रहेका तथा शिक्षित महिला पनि यस किसिमको सम्बन्धमा फसेका हुन्छन् । र त्यस्तो सम्बन्धलाई बाध्यताले निर्वाह गरिरहेका हुन्छन् । यसको पछाडि आफ्नो जीवन साथी अर्थात पति भविष्यमा सुध्रने आशा पालिरहेका हुन्छन् । आफुले उसलाई छोडेर गएमा पतिमा झन नराम्रो असर पर्छ र उसको जीवन बिग्रन्छ भन्ने उनीहरुले सोच्ने गर्छन् । भावनामा बहकिएर वर्षौंसम्म उनीहरु दुखादायी सम्बन्धलाई बचाइ रहेका हुन्छन् ।

सन्तानको भविष्यका लागि

हाम्रो समाजमा एकल अभिभावक भएर सन्तानको जिम्मेवारी वहन गर्न अत्यन्तै मुश्किल मानिन्छ । यसमा अझ महिलाको कुरालाई जोड्ने हो भने थप कष्टकर र कठिन कार्य देखिन्छ । त्यसैले आफ्नो सन्तानको भविष्य सुरक्षित गर्ने चक्करमा महिलाले आफुलाई नै भविष्यको अन्धकारमा धकेलिरहेका हुन्छन् ।

परिवारको दबाब

हाम्रो समाजमा सम्बन्ध जोड्नु जति सहज छ, त्यसलाई तोड्नु अझ कठिन मानिन्छ । यदि कुनै महिला आफ्नो सम्बन्धबाट खुशी छैनन् र सम्बन्ध तोड्न चाहन्छिन् भने उसलाई परिवारका सदस्यले सम्बन्ध नबिगार्न सल्लाह दिन थाल्छन् । थुप्रै पटक परिवार, समाज तथा सन्तानका कारण महिलाले चाहेर पनि सम्बन्ध तोड्न सक्दिनन् ।

आर्थिक कारण 

प्राय महिला आर्थिक रुपमा कमजोर भएकै कारण आफ्नो खर्चका लागि जीवन साथी अर्थात पतिमाथि निर्भर हुन्छन् । जसका कारण सम्बन्धलाई जबरजस्ती कायम राख्न उनको बाध्यता बन्ने गर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा