चोटग्रस्त भारतीय ब्याट्सम्यान धवनलाई केही हप्ता आराम « Khabarhub

चोटग्रस्त भारतीय ब्याट्सम्यान धवनलाई केही हप्ता आराम


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा भारतीय टोलीका ओपनिङ ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि केही हप्ता टोली बाहिर रहने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलका क्रममा औंलामा चोट लागेका धवनले ३ हप्ताका लागि आराम पाएका हुन् । ३ हप्ताको आराम पाएका धवनले जारी विश्वकपमा पाँच खेल गुमाउने छन् ।

अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनको बायाँ हातको बुढी औंलामा चोट लागेको थियो । उक्त खेलमा धवनले अष्ट्रेलियाविरुद्ध ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।

टोली बाहिर रहँदा धवनले विश्वकप अन्तर्गत न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इण्डिज र इंग्ल्याण्डसँगका खेल गुमाउने छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ५५ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर