काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा भारतीय टोलीका ओपनिङ ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि केही हप्ता टोली बाहिर रहने भएका छन् ।
अस्ट्रेलियाविरुद्धको खेलका क्रममा औंलामा चोट लागेका धवनले ३ हप्ताका लागि आराम पाएका हुन् । ३ हप्ताको आराम पाएका धवनले जारी विश्वकपमा पाँच खेल गुमाउने छन् ।
अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनको बायाँ हातको बुढी औंलामा चोट लागेको थियो । उक्त खेलमा धवनले अष्ट्रेलियाविरुद्ध ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।
टोली बाहिर रहँदा धवनले विश्वकप अन्तर्गत न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इण्डिज र इंग्ल्याण्डसँगका खेल गुमाउने छन् ।
प्रतिक्रिया