के हो सिकलसेल रोग ? लक्षण र बच्ने उपाय यी हुन् « Khabarhub

के हो सिकलसेल रोग ? लक्षण र बच्ने उपाय यी हुन्


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारकाे हुन्छ ।

सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर पर्छ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुन्छ ।

सामान्यतया राता रक्तकोषको आयु १ सय २० दिनसम्म हुन्छ । तर सिकलसेल भएका बिरामीको शरीरमा रक्तकोषको आयु १० देखि २० दिनसम्म मात्रै हुन्छ । जसको कारण बिरामीलाई रक्तअल्पताको समस्या हुन्छ ।  यदी आमा र बुबा दुवैमा यो रोगको जीन छ भने दुईमध्ये एक जना सन्तानमा यो रोग सर्छ ।

सिकलसेलको लक्षण

–छिटो छिटो थकाई लाग्ने,

–सास फेर्न गाह्रो हुने,

–छाती दुख्ने,

–छाती,पेट, हात खुट्टा ढाडमा अचानक कडा खालको दुखाई हुने,

–कमलपित्त हुने,

–आँखामा समस्याहरु देखिने,

– अन्धोपना हुनसक्ने,

–पक्षघात हुने सक्ने,

–संक्रमणहरु भइरहने,

– ज्वरो आउने,

–वाकवाक लाग्ने,

–वान्ता हुने,

– खोकी लाग्ने ।

यी लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्यसंस्थामा स्वास्थ्य परिक्षण गनुपर्छ ।

सिकलसेलका कारण हुने जटिलताबाट यसरी बच्नुस्

–संक्रमण विरुद्ध खोप लगाउने,

–आँखाको नियमित परीक्षण गर्ने,

– रक्त अल्पतालको उपचार गराउने,

–स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने,

– पानी प्रशस्त्र मात्रामा पिउने,

–धेरै तनाब नलिने,

–सुर्तीजन्य पदार्थ तथा मदिरापान नगर्ने ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : १५ बजे

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको

खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी

दुबई- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपेरको असर समग्र खाडी

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया

रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ताविरुद्धको रिटमा आदेश आउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता

इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा