जुता–चप्पलदेखि आइसक्रिमसम्म, २ सय वस्तुको भन्सार महसुल वृद्धि « Khabarhub

जुता–चप्पलदेखि आइसक्रिमसम्म, २ सय वस्तुको भन्सार महसुल वृद्धि


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने भन्दै सरकारले २ सयभन्दा बढी आयातित वस्तुमा भन्सार वृद्धि गरेको छ ।

सरकारले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा आयातित वस्तुहरुमा भन्सार महसुल वृद्धि गरिएको उल्लेख छ । विधेयक अनुसार कुखुराको मासु, खानेपानी, जुत्ता–चप्पल, बिस्कुट–पाउरोटी, जुस, मरिच, चिया–कफी, आइसक्रिम, रक्सी, डब्बल–क्याप पिकअप लगायतका वस्तुमा भन्सार महसुल ५ देखि ४५ प्रतिशतसम्म वृद्धि गरिएको छ ।

त्यस्तै, इनर्जी ड्रिङ्कसमा भन्सार ४५ प्रतिशतले बढाएर ७५ प्रतिशत र जुत्ता चप्पलमा २० प्रतिशतले बढाएर ४० प्रतिशत पु¥याइएको छ ।
चिनी उद्योग तथा उखु किसानलाई संरक्षण गर्न भन्दै सरकारले चिनीमा १० प्रतिशत भन्सार बढाएको छ । बदाम, काजु, पेस्ता लगायका वस्तुमा पनि भन्सार १० प्रतिशत भन्सार वृद्धि गरिएको छ । त्यस्तै जुसमा ३०, कफी–चियमा १०, दूध पाउडरमा १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ । खेलौनाहरुमा भने पाँच प्रतिशले मात्र भन्सार वृद्धि गरिएको छ ।

नेपालमा नै उत्पादन हुने खालको वस्तुमा भन्सार वृद्धि गरिँदा स्वादेशी उत्पादनले बजार पाउने र स्वादेशी उत्पादनलाई विदेशी उत्पादनसँग प्रतिस्प्रर्धा गर्न समेत सहज हुने अर्थमन्त्री युवारज खतिवडाको भनाइ छ । यसले देशको व्यापार घाटालाई घटाउँदै कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्‍याउने उद्योगी/व्यवसायीहरुको भनाइँ रहदै आएको छ ।

आयतलाई निरुत्साहित गर्दै सरकारले दूध, माछा–मासु तथा अण्डामा मुलुकलाई आत्मनिर्भर बनाउने योजना बजेटमार्फत अंगालेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ३६ बजे

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा