इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता « Khabarhub

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ ।

अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम बारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो । 

मध्यपूर्वमा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता  समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भएता पनि लेबनान लगायतका क्षेत्रहरूमा जारी सैन्य कारबाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ ।

हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको दुई वर्ष भन्दा लामो युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न आवश्यक सहयोग गर्ने आशा व्यक्त गरेको छ । इरान प्यालेस्टिनी जनताको कट्टर समर्थक हो, जसले यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्नो विदेश नीतिको आधारशिला बनाएको छ ।

इरानी टेलिभिजनको रिपोर्ट  अनुसार, छलफलको क्रममा, अराघचीले ‘प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको  स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभए सम्म उनीहरूको न्याय  नहुने बताएका छन् ।

तेहरान र वासिङ्टन बीच भएको वार्तामा मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गर्दै आएको छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणमा मंगलबार इरानी विदेश मन्त्री अराघची र राष्ट्रपति मसूद पेजेस्कियनसँगै गएको जनाइएको छ । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : १२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र