इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता « Khabarhub

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ ।

अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम बारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो । 

मध्यपूर्वमा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता  समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भएता पनि लेबनान लगायतका क्षेत्रहरूमा जारी सैन्य कारबाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ ।

हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको दुई वर्ष भन्दा लामो युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न आवश्यक सहयोग गर्ने आशा व्यक्त गरेको छ । इरान प्यालेस्टिनी जनताको कट्टर समर्थक हो, जसले यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्नो विदेश नीतिको आधारशिला बनाएको छ ।

इरानी टेलिभिजनको रिपोर्ट  अनुसार, छलफलको क्रममा, अराघचीले ‘प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको  स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभए सम्म उनीहरूको न्याय  नहुने बताएका छन् ।

तेहरान र वासिङ्टन बीच भएको वार्तामा मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गर्दै आएको छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणमा मंगलबार इरानी विदेश मन्त्री अराघची र राष्ट्रपति मसूद पेजेस्कियनसँगै गएको जनाइएको छ । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : १२ बजे

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको