मिडिया काउन्सिल विधेयकको विरोधमा महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा « Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोधमा महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ ।
महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएका हुन् ।

उनले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव विष्टले आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको दावी गर्दै त्यसलाई फिर्ता लिन तेस्रो चरणको दवाव आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ ।

जस अनुसार असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिनेछ ।

महासंघका महासचिव विष्टले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : २१ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका