जुत्ता–चप्पल निर्यातकर्ताले पाउने भए ३ प्रतिशत क्यास ब्याक | Khabarhub Khabarhub

जुत्ता–चप्पल निर्यातकर्ताले पाउने भए ३ प्रतिशत क्यास ब्याक


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जुत्ता चप्पलहरुको निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जुत्ता–चप्पललाई निर्यातमा अनुदान दिने व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार जुत्ता चप्पल निर्यात गर्ने उद्योगीहरुले अब निर्यातको ३ प्रतिशत नगद अनुदान पाउने छन् ।

जुनसकै मुद्रामा निर्यात भएपनि त्यसको ३ प्रतिशत रकम उद्योगीले अनुदान स्वरुप फिर्ता पाउने मन्त्रालयले जनाएको छ । ५० प्रतिशत ‘भ्यालु एड’ गर्ने निर्यातजन्य उद्योगहरुलाई ५ प्रतिशत नगद अनुदान र ३० प्रतिशत भन्दा बढी भ्यालुएड गर्ने उत्पादन निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने सरकारी व्यवस्था छ । उक्त व्यवस्था अनुरुप जुत्ता चप्पल उद्योगलाई ३० प्रतिशत भन्दा बढी र ५० प्रतिशतभन्दा कम भ्यालुएड गर्ने उद्योगको रुपमा मन्त्रालयले सूचीकृत गरेको हो ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसनले सकारको उक्त निर्णय स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ । एशोसियसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले उक्त व्यवस्थाले उद्योगीहरुलाई जुत्ता–चप्पलको निर्यात बढाउन उत्साहित बनाएको बताए ।

यसैबीच सरकारले भारततर्फको निर्यातमा नगद अनुदान प्राप्त गर्ने उत्पादनहरुको सूचिमा ६ वटा नयाँ वस्तु थपेको छ । सुचीअनुसार अब प्रशोधित अलैँची, मह, अदुवा, सुठो र बेसार भारतमा निर्यात गर्दा नगद अनुदान प्राप्त हुन्छ । यसैगरी तरकारी र फलफूल समेत निर्यात गर्दा नगद अनुदान पाइने भएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ९ : ०३ बजे

संसद् विघटमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति

काठमाडौंँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा

६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल

काठमाडौं– बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र

कारागारबाट भागेका पाँच कैदी–बन्दी प्रहरी नियन्त्रणमा

कञ्चनपुर– यहाँस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुरुङ्गा– ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी