रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ « Khabarhub

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ। विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो ।

रूस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका प्रतिबन्ध हटेका छन् । 

दुवै देशले उच्चस्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन । 

मस्कोमा आयोजित एक विदेश नीति मञ्चलाई सम्बोधन गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वव्यापी सुरक्षा प्रणाली क्रमशः कमजोर हुँदै गएको बताएका छन् ।

‘आणविक प्रतिरोधबाहेक विश्वसँग अब केही बाँकी छैन । यही एकमात्र तत्व हो, जसले विश्वलाई विश्वयुद्धबाट जोगाइरहेको छ,’ उनले भने।

प्रविधिको तीव्र विकाससँगै भविष्यमा नयाँ प्रकारका गैर–आणविक हतियार विकास हुन सक्ने र ती विनाशकारी क्षमताका हिसाबले आणविक हतियारसरह हुन सक्ने उनको भनाइ थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमणका क्रममा पटक–पटक आणविक हतियारसम्बन्धी अभिव्यक्ति दिँदै आएका छन् । यसलाई युरोपेली राष्ट्रहरू तथा संयुक्त राज्य अमेरिकाले गैरजिम्मेवार ‘आणविक धम्की’का रूपमा आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेटेर नयाँ आणविक नियन्त्रण सन्धि गर्नुपर्ने धारणा अघि सारेका छन् । चीनको आणविक भण्डार विस्तार भइरहेको भए पनि त्यो अझै रूस र अमेरिकाको तुलनामा निकै सानो रहेको बताइन्छ । यद्यपि बेइजिङले उक्त प्रस्तावप्रति सार्वजनिक रूपमा असहमति जनाएको छ ।

मस्कोले भने चीनलाई नयाँ सम्झौतामा समावेश गरिए बेलायत र फ्रान्सलाई पनि त्यसमा सहभागी गराइनुपर्ने अडान राखेको छ । सन् २०१० मा हस्ताक्षर भएको ‘न्यू स्टार्ट’ शीतयुद्धपछिका आणविक हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौतामध्ये अन्तिम सन्धि थियो । उक्त सन्धिले रूस र अमेरिकालाई अधिकतम एक हजार ५५० वटा तैनाथ आणविक वारहेड राख्न सीमित गरेको थियो ।

सन्धिको अवधि समाप्त हुनुअघि दुवै देशले एकअर्कामाथि सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै आएका थिए । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : ४० बजे

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा