बस्ती रितिँदै जान थालेपछि तेह्रथुमको छथरमा बसाइँ आउनेलाई पाँच लाख | Khabarhub Khabarhub

बस्ती रितिँदै जान थालेपछि तेह्रथुमको छथरमा बसाइँ आउनेलाई पाँच लाख


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरू बढे। बस्ती पातलियो। टाढ–टाढा फाट्टफुट्ट मात्र रहन थाले घरहरू। जनशक्ति बाहिँरिँदै गएपछि न काम गर्ने मान्छे भेटिए, न कुनै उद्यम व्यवसाय गर्नेहरू बाँकी रहे।

यस्तै स्थितिमा गाउँको विकास कसरी गर्ने होला? त्यसैले तेह्रथुमको छथर गाउँपालिकाले लक्ष्य तय गर्यो १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पुर्याउने।

‘तत्कालीन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरू रितिँदै जान थालेपछि जुक्ति निकाल्यौं,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले भने,‘बसाइँ आउनेलाई व्यवसाय गर्ने प्रस्तावनाका आधारमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने।’

गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहनेको निवेदन पर्न थालेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। ‘प्रारम्भिक चरणमा दर्जन परिवारबाट निवेदन आएको छ।’ उनले भने, ‘व्यवसायको प्रस्ताव मूल्यांकन गरेर अनुदान दिनेछौं।’

त्यसका लागि बसाइँ सरी आएको प्रमाणपत्रका आधारमा व्यवसायिक योजना पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ३२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित