बस्ती रितिँदै जान थालेपछि तेह्रथुमको छथरमा बसाइँ आउनेलाई पाँच लाख « Khabarhub

बस्ती रितिँदै जान थालेपछि तेह्रथुमको छथरमा बसाइँ आउनेलाई पाँच लाख


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरू बढे। बस्ती पातलियो। टाढ–टाढा फाट्टफुट्ट मात्र रहन थाले घरहरू। जनशक्ति बाहिँरिँदै गएपछि न काम गर्ने मान्छे भेटिए, न कुनै उद्यम व्यवसाय गर्नेहरू बाँकी रहे।

यस्तै स्थितिमा गाउँको विकास कसरी गर्ने होला? त्यसैले तेह्रथुमको छथर गाउँपालिकाले लक्ष्य तय गर्यो १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पुर्याउने।

‘तत्कालीन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरू रितिँदै जान थालेपछि जुक्ति निकाल्यौं,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले भने,‘बसाइँ आउनेलाई व्यवसाय गर्ने प्रस्तावनाका आधारमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने।’

गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहनेको निवेदन पर्न थालेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। ‘प्रारम्भिक चरणमा दर्जन परिवारबाट निवेदन आएको छ।’ उनले भने, ‘व्यवसायको प्रस्ताव मूल्यांकन गरेर अनुदान दिनेछौं।’

त्यसका लागि बसाइँ सरी आएको प्रमाणपत्रका आधारमा व्यवसायिक योजना पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्