अध्ययनको दाबी– ओखरले कम गर्छ ‘डिप्रेशन’ « Khabarhub

अध्ययनको दाबी– ओखरले कम गर्छ ‘डिप्रेशन’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खाँदा डिप्रेसनको खतरा कम हुन जान्छ र एकाग्रताको स्तरमा बृद्धि हुन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताले ओखर खाने मानिसमा डिप्रेसनको समस्या २६ प्रतिशत कम हुने तथ्य पत्ता लगाएका हुन् । जबकी यस्तै खालका अन्य चिज खाने मानिसमा डिप्रेसनको स्तर आठ प्रतिशत कम पाइएको छ ।

यो अध्ययन न्यूट्रेट जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार ओखरले शरीरमा उर्जालाई बृद्धिगर्दै एकाग्रतालाई बृद्धि गर्छ ।

विश्वविद्यालयका प्रमुख शोधार्थी लेनोर अरबले अध्ययनको नतिजाको दाबी गर्दै बताए अनुसार अध्ययनमा सहभागी भएका ६ मध्ये एक वयस्क जीवनमा एक पटक डिप्रेसनको शिकार हुन्छन् । यसबाट बच्नका लागि खान पानमा परिवर्तन गर्न जरुरी छ ।

यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी वयस्कलाई सहभागी गराइएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ४९ बजे

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो