गिट्टी तथा बालुवाको कर महानगरले उठाउने | Khabarhub Khabarhub

गिट्टी तथा बालुवाको कर महानगरले उठाउने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर– गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो ।

सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत सात महीनादेखि गिट्टी तथा बालुवा उत्खनन रोकिएको थियो ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७२ मा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारमा रहने उल्लेख छ ।

सो बमोजिम महानगरले प्राप्त राजस्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ । गिट्टी तथा बालुवाको राजश्व सङ्कलनबाट करीब रू १० करोड राजश्व थपिने महानगरका कार्यकारीअधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

गत साउनदेखि बन्द भएको गिट्टी तथा बालुवाको राजस्व सङ्कलनका लागि बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएकोे उनले बताए । महानगरले चालू आर्थिक वर्षका लागि रु ५५ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा गिट्टी तथा बालुवाको राजश्व थप हुने भएपछि लक्ष्यमा पुग्न सकिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ५५ बजे

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक

एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज