देशको विकासमा अवरोध गर्नेहरुसँग सजग हुनुपर्छ–प्रधानमन्त्री ओली « Khabarhub

देशको विकासमा अवरोध गर्नेहरुसँग सजग हुनुपर्छ–प्रधानमन्त्री ओली


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् ।

गृह मन्त्रालयमा सोमबार आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरे ।

जनताले छानेको संविधान र प्रणालीअन्तर्गत जनताले छानेको संसद् रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वाेपरि हुने बताउँदै विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको बताए ।

विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको छ”, ओलीले भने ।

अहिले पनि धेरै चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पु¥याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।”

“जनता आफ्नो इच्छा आकाङ्क्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यस कारण अरु प्रवृत्तिसँग अल्झिनु हुन्न”, प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ०९ बजे

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूलाई जनतामा जान

सरकार र निजी क्षेत्र किंकर्तव्यविमूढ हुँदा विप्रेषणको सदुपयोग हुन सकेन, तरलता बढ्यो

काठमाडौं– केन्द्रीय बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

तनहुँमा मकै उत्पादन बढ्यो

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै