सरकारको काम देखेर विरोधी आत्तिए– मन्त्री अधिकारी « Khabarhub

सरकारको काम देखेर विरोधी आत्तिए– मन्त्री अधिकारी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीको भनाइ थियो ।

उनले भने “हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।”

नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उनले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताए ।

पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गरे ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : २५ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम