अमिताभ बच्चनसँग शाहरुख खानले किन लिन खोजे बदला ? | Khabarhub Khabarhub

अमिताभ बच्चनसँग शाहरुख खानले किन लिन खोजे बदला ?


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अचानक शाहरुख खानको एक ट्वीट इन्टरनेटमा भाइरल भयो । जसमा शाहरुख खानले अमिताभ बच्चनसँग बदला लिन लागेको बताएका छन् । उक्त ट्वीटमा शाहरुख खानले अमिताभ बच्चनलाई ट्याग नै गरेर आफूले बदला लिन आएको लेखे ।

शाहरुखले ट्वीटमा लेखे, ‘म तपाईंसँग बदला लिन आइरहेको छु साहेब, तयार रहनुस् ।’

त्यसपछि उनको ट्वीटलाई कोट गर्दै अमिताभ बच्चनले लेखे, ‘अरे भाइ, बदला लिने समय त बितिसक्यो, अब त सबैको बदला दिनेको समय आयो ।’

खास कुरा के रहेछ भने सन् २०१६ मा रिलिज भएको फिल्म ‘पिंक’ पछि फेरि एकपटक तापसी पन्नू र अमिताभ बच्चन ठूलो पर्दामा फेरि जादु चलाउन आउँदैछन् । फिल्म ‘बदला’ को ट्रेलर भोलि रिलिज हुँदैछ । ट्रेलर रिलिज हुनुभन्दा पहिले नै अमिताभले पनि जवाफ लेखे ।

अर्को ट्वीटमा अमिताभले लेखे, ‘बदला लिनु हरेकपटक सही हुँदैन र हरेक पटक माफ गर्न पनि सही हुँदैन ।’

यी दुवै स्टारले आफ्नो फिल्मको फरक तरिकाले प्रमोसन गरिरहेका छन् । यो फिल्मलाई शाहरुख खानको कम्पनी रेड चिल्लीले नै निर्माण गरेको हो ।

यो फिल्म मार्च ८ मा आउँदैछ । जुन दिन नेपालमा हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ५६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका