अमिताभ बच्चनसँग शाहरुख खानले किन लिन खोजे बदला ? « Khabarhub

अमिताभ बच्चनसँग शाहरुख खानले किन लिन खोजे बदला ?


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अचानक शाहरुख खानको एक ट्वीट इन्टरनेटमा भाइरल भयो । जसमा शाहरुख खानले अमिताभ बच्चनसँग बदला लिन लागेको बताएका छन् । उक्त ट्वीटमा शाहरुख खानले अमिताभ बच्चनलाई ट्याग नै गरेर आफूले बदला लिन आएको लेखे ।

शाहरुखले ट्वीटमा लेखे, ‘म तपाईंसँग बदला लिन आइरहेको छु साहेब, तयार रहनुस् ।’

त्यसपछि उनको ट्वीटलाई कोट गर्दै अमिताभ बच्चनले लेखे, ‘अरे भाइ, बदला लिने समय त बितिसक्यो, अब त सबैको बदला दिनेको समय आयो ।’

खास कुरा के रहेछ भने सन् २०१६ मा रिलिज भएको फिल्म ‘पिंक’ पछि फेरि एकपटक तापसी पन्नू र अमिताभ बच्चन ठूलो पर्दामा फेरि जादु चलाउन आउँदैछन् । फिल्म ‘बदला’ को ट्रेलर भोलि रिलिज हुँदैछ । ट्रेलर रिलिज हुनुभन्दा पहिले नै अमिताभले पनि जवाफ लेखे ।

अर्को ट्वीटमा अमिताभले लेखे, ‘बदला लिनु हरेकपटक सही हुँदैन र हरेक पटक माफ गर्न पनि सही हुँदैन ।’

यी दुवै स्टारले आफ्नो फिल्मको फरक तरिकाले प्रमोसन गरिरहेका छन् । यो फिल्मलाई शाहरुख खानको कम्पनी रेड चिल्लीले नै निर्माण गरेको हो ।

यो फिल्म मार्च ८ मा आउँदैछ । जुन दिन नेपालमा हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ५६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको