हैटीमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन | Khabarhub Khabarhub

हैटीमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यारिबियन क्षेत्रको सबैभन्दा गरिब मुलुक हैटीमा राष्ट्रपतिको राजीनामाको माग गर्दै विपक्षी कार्यकताहरुले चर्को विरोध प्रदर्शन गरेका छन् । विपक्षी प्रदर्शनकारीले राष्ट्रपति जेभोनल मोइस भ्रष्टाचार र अनियमिततामा संलग्न भएको भन्दै प्रदर्शन गरेका हुन् ।

विगत एक सातायता जारी प्रदर्शनमा ४ जनाको ज्यान गइसकेको छ भने अरु दर्जनौं घाइते भएका छन् । प्रदर्शन राजधानी पोर्ट औ प्रिन्ससहित मुलुकका विभिन्न भागमा फैलिएको जनाइएको छ ।

प्रदर्शन चर्किँदै जाँदा आगामी महिना विभिन्न शहरमा हुने तय भएका कार्निभल फेष्टिभल समेत रद्द गरिएका छन् । सन् २०१७ यता राष्ट्रपतिको जिम्मेवारीमा रहेका मोइस र उनका मन्त्रीहरुले मुलुकको ढुकुटीमा रहेको सम्पत्ती हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ४३ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज